हरिहर भन्दैछन् क्रिस्टिनलाई ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’

फिल्म । युवा ज्योतिषी हरिहर अधिकारी र क्रिस्टिन पौडेल तस्वीरमा रोमान्टिक मुडमा देखिएका छन् । ति दुइको रोमान्टिक तस्वीर फिल्म ‘शुभ लभ’ गीत छायाँकनको हो । यसै फिल्म मार्फत युवा उमेरमा नै ज्योतिष विधामा आफूलाई स्थापित गराइसकेका हरिहरि र मिस टिन क्रिस्टिनले फिल्ममा डेब्यु गर्दैछन् । चैत्र १५ गतेलाई रिलिज देत तय गरिसकिएको यसफिल्मको गीतको छायाँकन पोखरामा भइरहेको छ । अधिकारीकै कथामा आधारित यस फिल्मको हाल टाइटल गीत खिच्ने काम भइरहेको छ । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा खिच्न अझै ३ दिन लाग्नेछ । छायांकन भइरहेको गीतमा निशान भट्टराईको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने यसलाई रामेश्वर कार्कीले खिचिरहेका छन् । फिल्मको एक गीत भने दुबईमा खिचिनेछ । फिल्ममा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्मको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् ।

तस्वीर  : जक्सन डटकम

कमेन्ट गर्नुहोस्