रतनले ल्याए ‘जदौ हजुर’

सङ्गीत । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नया सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीतमार्फत आएका देवकोटाले कर्णालिको दु:खलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् ।

गीतबारे रतन भन्छन्,‘कर्णालीको पीडा, संघर्ष र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइँसराइका कथा गुँथिएका छन् । यो गीत न्याय, एकता, र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।’

कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडासँगै लाईभ म्युजिक र मोडर्न इन्स्टूमेन्टसँग फ्युजन गरि तयार गरेको गीतले दर्शकको मन जित्नेमा देवकोटा आशावादी छन् ।

गीतको शब्द, सङ्गीत, स्वरसँगै भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयमले गरेका छन् । सौरभ लामिछने डिओपी रहेको भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्