रुखको प्रजातिको नामाकरण लियोनार्दोको नाममा

फिल्म । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोको नाममा रुखको नयाँ प्रजातिलाई नामाकरण गरिएको छ । बीबीसीका अनुसार वैज्ञानिकले क्यामरुनको जंगलमा भेटिएको रुखको प्रजातिलाई ‘युभारियोप्सिस डिकाप्रियो’ नाम दिएका छन् । वैज्ञानिकले वातावरण संरक्षणमा लियोनार्दोले गरेका योगदानका आधारमा यो सम्मान दिइएका हुन् ।

वातावरणको मुद्दालाई चोटिलो गरी प्रस्तुत गरेको भन्दै भर्खरै रिलिज भएको फिल्म ‘डन्ट लुक अप’बाट लियोनार्दोले तारिफ खाइरहेका छन् । वैज्ञानिकले उनको योगदानको थप अनुमोदन गर्दै यस्तो सम्मान दिइएको बताएका छन् । उनले क्यामरुनमा भइरहेको वन फँडानीको बारेमा क्यामरुन सरकारले वन फँडानी गर्न छुट दिएपछि काठ तस्करी बढेको भन्दै आवाज उठाएका थिए ।

कमेन्ट गर्नुहोस्