थोरले रद्द गरे भारत भ्रमण

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको छ । यसको रोकथाम गर्न र रोग लाग्न नदिन सचेतनालाई जोड दिइएको छ । यसको उपचारको औषधि पत्ता नलागेकै कारण पनि यसबारे सतर्कता बढाउने बाहेकको विकल्प छैन । कोरोणा भाइरसको संक्रमण बढेसँगै सुपर हिरो थोरको नामले परिचित कलाकार क्रिस हेम्सवर्थले भरत भ्रमण स्थगित गरेका छन् । थोर सिरिजसंगै

‘एभेन्जर्स’का समेत महत्वपूर्ण कलाकार क्रिस नेटफ्लिक्समा प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्स्ट्राक्सन’को प्रचारका लागि मार्च १६ मा भारत भ्रमणमा आउने तालिका थियो । तर , कोरोना भाइरसको संक्रमण बढेसंगै उनले भ्रमण रद्द गरेका छन् । कोभिड-१९ काबारेमा सतर्कता अपनाउन उनी सहभागी हुने कार्यक्रम नै रद्ध गरिएको भारतीय मिडियालेउल्लेख गरेका छन् ।’एक्स्ट्राक्सन’ मा भारतीय कलाकार रणदीप हूडा र नवकलाकार रुद्राक्ष जयसवालको पनि मुख्य भूमिका रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्