‘फिल्ममा भव्यता देखाउने ईच्छा पुरा भयो’ : निर्देशक लामिछाने

फिल्म । निर्देशक घनश्याम लामिछानेले आफ्नो उच्च मेकिङ्ग गर्ने सपना पछिल्लो फिल्म ‘लन्डन टु पेरिस’ बाट पुरा भएको बताएका छन् । हिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक आज काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उनले बेलायतका रमणीय दृश्यलाई विना सम्झौता कैद गर्न पाएको जानकारी दिदै खुसी व्यक्त गरे ।

हर्कुलश बस्नेतको शब्द, संगीत र स्वरमा रहेको गीत सार्वजनिक गर्दै उनले फिल्म भर यस्तै उच्च मेकिङ्ग हेर्न सकिने बताए । उनले भने,‘यस्तो मेकिङ्ग संवत अन्य नेपाली फिल्ममा देखिएको छैन, मैले त देखेको छैन । यो अहिलेको पुस्ताको प्रेम कथा हो ।’

उनले दृश्य खिच्दा समय र इजाजत लिएर काम गर्दा अन्यले नेपाली फिल्म प्रति सकारात्मक धारणा तयार गरेको बताए । जेठ २५ गते प्रदर्शन तय गरिएको फिल्मको सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग रोमान्स गरेकी छिन् ।

निश्चलको प्रेमभावलाई व्यक्त गरिएको गीतलाई भारतीय कोरियोग्राफर लंगनेश फर्नान्डेजले कोरियोग्राफ गरेका हुन् । नव अभिनेता निश्चलले आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको बताए । अभिनेत्री शाहले फिल्ममा गरिएको मेहनत पर्दामा देखिदा खुसी व्यक्त गरिन् । सङ्गीतकार बस्नेतले गीतलाई फिल्मको कथाअनुसार तयार गरिएको बताए ।

लेखक प्रदीप भारद्वाज, अभिनेता कविर खड्का, सह निर्माता सनिश खकुरेल लगायत आयोजित कार्यक्रममा सहभागी थिए । फिल्ममा गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चलसँगै ‘लन्डन टु पेरिस’बाट गरिमाले नेपाली सिनेमामा डेब्यू गर्दैछिन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

यसमा अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई अल नेपाल वितरण गर्नेछन् । यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्