अर्को दसैँमा ‘रातो टीका निधारमा’

जयहोस् । प्रदर्शनरत फिल्म ‘जय भोले’ को सफलताले हौसिएका निर्माता तथा निर्देशकले नयाँ फिल्मको घोषणा गरेका छन् । उनले फिल्म ‘रातो टीका निधारमा’ निर्माण गरेका घोषणा गरेका हुन् । उनले फिल्मको रिलिज डेट समेत आउदो वर्षको दसैंलाई भनिसकेका छन् ।’जय भोले’ हेर्न हल पुगेका दर्शकमाझ फिल्म घोषणा गरेका अशोकले कलाकार तथा प्राविधिक भने घोषणा गरेका छैनन् । उनकै छोरा अंकित शर्माले पनि फिल्म निर्देशन गर्न सक्ने चर्चा चलिरहेको छ तर यसबारे औपचारिक जानकारी भने अशोकले गराएका छैनन् ।
कमेन्ट गर्नुहोस्