पौष १८ मा स्वरूप र सुरक्षाको ‘सुस्केरा’

839 Shares

फिल्म । यहि आउँदो मङ्सिर ६ मा ‘च च हुई’ रिलिज गर्ने तयारीमा रहेका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म ‘सुस्केरा’ आउँदो पौष १८ मा रिलिज हुने भएको छ । यसअघि ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका थिए । प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले फिल्मको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् । फिल्ममा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ ।

सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको फिल्म मात्र होइन , गायक रुपमा चिनिदै गरेका स्वरूपलाई ठुलो पर्दा नायक बनाउने श्रेय पनि यसै फिल्मलाई जान्छ । एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको यस फिल्मका लेखक पनि साम्तेन नै हुन् । यसमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेकोछ ।‘सुस्केरा’ पूर्णत: प्रेमकथामा आधारित फिल्म रहेको निर्देशक भुटियाले बताएका छन् । ‘लभ भन्नेबितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास फिल्ममा गरिएको छ’ निर्देशक साम्तेनले भने ।

थपे, ‘प्रेम प्राप्तिमा आउने भोगाइ नै फिल्मको कथा हो ।’ छक्का पञ्जा २ मार्फत पर्दामा झुल्किसकेका स्वरूपले सुस्केरा गर्नु अगाडी हिन्दी सिरियल ‘गुमराह’ मा समेत काम गरिसकेका थिए । उनले फिल्म खेल्न आएको प्रस्तावलाई नकार्न नसकेर अभिनयमा आएको बताए । ‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यस फिल्ममा अभिनेता बन्न उत्साहित भएको हुँ’ स्वरूपले भने । केहि प्राविधिक कारणले रोकिएको फिल्म सोमबार वितरण सम्झौता भएसँगै पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको हो । फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया