‘टिकुली ट्याक’ नयाँ स्वरूपमा

सङ्गीत। वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले एक्काउन्न वर्ष अगाडी बि.सं. २०२८ सालमा तयार गर्नुभएको ‘टिकुली ट्याक’बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ। पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ।

कलाकार दीपक आचार्य (काकु) निर्देशन तथा निर्माण गर्नुभएको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुस्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गर्नुभएको छ । भिडियोमा सुबोल थापाले कोरियोग्राफी, पवन सुस्लिङ्गले छायाङ्कन गर्नुभएको छ।संखुवासभा, तेह्रथुम र धनकुटामा छायाङ्कन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्याले जानकारी दिनुभयो।

सयबढी गीत गाउनुभएको राईको ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको जानकारी दिनुभयो। भिडियोबाट हुने आम्दानीको केहि प्रतिशत १४ अनाथ बालबालिका आश्रीत अन्तदृष्टी नेपाललाई प्रदान गरिने समेत कार्यक्रममा निर्देशक आचार्यले जानकारी दिनुभयो। संस्थालाई आयोजित पत्रकार सम्मेलन नेपाल सिलाई तथा कपडा व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्कीको तर्फबाट पाँच हजार, गायक राईको तर्फबाट पाँचहजार एकसय, प्रोडक्सन कम्पनीको तर्फबाट दश हजार र गायक राईको बहिनीद्धय एसोधा राई र रिना राईको तर्फबाट चारहजार दुईसय रुपैयाँ नगद सहयोग गरिएको थियो ।

कमेन्ट गर्नुहोस्