फिल्म वितरण गर्दै ए.वि इन्टरनेशनल

फिल्म । नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी ए.वि इन्टरनेशनल प्रा.लि.ले नेपाली र हिन्दी फिल्म नेपाल र विदेशमा वितरण गर्न लागेको हो । निर्माण कम्पनीले बुधबार एक विज्ञप्तीमार्फत् फिल्म वितरण बारे जानकारी गराएको हो । ‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ’, कम्पनीका प्रबन्ध निर्देशक अजित केआर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यसै शुक्रबार बलिउड फिल्म ‘मरजावा’ नेपालमा वितरणको जिम्मा लिएर औपचारिक रुपमा वितरकका रुपमा समेत पाइला चलेका छौं ।’

ए.वी इन्टरनेशनलले वर्षमा दुईवटा फिल्म निर्माण गर्ने समेत विज्ञप्तीमा भनिएको छ । यो कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । नेपाली फिल्मको विकासका लागि चालेको यो कदममा फिल्मकर्मीबाट साथ र सहयोग मिल्नेमा कम्पनीको विश्वास छ । ए.वी इन्टरनेशनलले अभिनेत्री सन्नी लियोनीलाई लिएर बलिउड फिल्म बनाउने घोषणा समेत गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्