एक अर्कालाई मिस गर्छन् उदीप र आँचल

22 Shares

फिल्म । आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो। पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो । नत्र पूजालाई नरुचाउने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गरी राजी हुन्नथिन् । सेलिब्रिटीको प्रेममा दुइटाको बीचमा तेस्रो आएपछि ब्रेकअप हुन्छ । अहिले आँचलको जीवनमा अर्को कोही आएको हल्ला छ । र, यो हल्लालाई सही साबित गर्दै छिन्, आँचल स्वयं ।

उनले आफ्नो इन्स्टामा एक युवकको फोटो धक नमानी राख्ने गर्छिन् । फोटोमा आइरहने व्यक्ति हुन् उदीप श्रेष्ठ । उदीपलाई आँचलले आफ्नो ‘बेस्टेस्ट फ्रेन्ड’का रूपमा इन्स्टामा परिचित गराएकी थिइन् । मिल्ने साथीलाई ‘बेस्ट फ्रेन्ड’ भन्दा पनि पुगिहाल्थ्यो तर ‘बेस्टेस्ट’ लेखेर आँचलले उदीपसँगको गाइँगुइँलाई आफैँ पुष्टि गरिदिइन् । पछिल्लो समय आँचल उदीपसँग नजिक छिन् , यसमा दुइमत छैन् । किनकी उनको सोसल मिडिया भिजिट गर्दा यो सहजै थाहा हुन्छ ।

यसकै क्रममा उनले आफु उदीपसंग नजिक भएको स्वीकारेकी छिन् । उदीपसंगको सामिप्यता भोली जे पनि हुन् सक्छ बताउने आँचल प्रेममा छैनन् , भनेर कसले भन्छ ? आँचल र उदिप एक अर्कालाई मिस गर्छन् । दुबै जना टाढा हुँदा एक अर्कालाई मिस गरेको स्टोरी इन्स्टाग्राममा पोष्ट गर्न डराउँदैनन् । यसैले पनि दुइको प्रेमको चर्चा चल्नु स्वभाविक नै हो । उदीपसंग आँचलको भेट झन्डै ३ वर्ष अगाडी भएको थियो । उदीप पेशाले डाक्टर हुन् ।

Facebook Comments