‘कथाकार’को लकडाउन गीत ‘पिँजडाको चरा’

संगीत । पछिल्लो समय लकडाउनले गर्दा जनजीवन सामान्य बन्न सकेको छैन । हाम्रो पात्रोको लोकप्रिय अडियो पोडकाष्ट सिरिजका कथाकार भन्ने श्रृंखला रोकेर गीत लेखनतर्फ लागेका सन्तोष देवकोटाले “पिँजडाको चरा” सार्वजनिक गरेका छन् । यो गीत देशकै पहिलो ओर्जिनल ब्अबउभििब कम्पोजिसन पनि बन्न सफल भएको छ ।

‘यस समयका ‘कथाकार’ले चरा, स्वतन्त्रता अनि पिँजडालाई जोडेर गीत कथे, पिँजडाको चरा । अनि यसलाई स्वर दिएका छन् नेपाली सङ्गीतका दुई सुरिला भविष्य अंकितबाबु अधिकारी र प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट सप्तक दुतराजले, उत्पादन गर्यो ‘आर्टमाण्डू’ले अनि तयार भयो यो गीत, पिँजडाको चरा’ रचनाकार देवकोटाले प्रस्ट्याए । गीतमा अहिले विश्व समूदाय र समूदायसँगै यो पृथ्वीले, यो प्रकृतिले विकासका नाममा भोगेको हेपाई तथा करुणा हराएको कथा समेटिएको छ । यो धर्तीकाहरुसँगको सम्वाद हो पिँजडाको चरा । गीतमा पृष्ठभूमि लकडाउनको छ अनि सृष्टीपछिका अनन्त कथाहरुको सारसंक्षेप समेटिएको छ ।

कमेन्ट गर्नुहोस्