‘लण्डन टू पेरिस’ : उच्च मेकिङ, युवापुस्ताको प्रेम

फिल्म । सोसल ड्रामा फिल्महरुको भिडमा ‘फर्की फर्की’ को सफलताले रोमान्टिक कमेडी जनरामा रहेर फिल्म तयार गर्नेलाई हौसला मिलेको छ । बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शन गरीएको फिल्ममा दर्शक चाँप बढेपछि यसको फाइदा आगामी दिनमा ‘लण्डन टू पेरिस’लाई हुने देखिएको छ । डायस्पोरामा गरिएको छायांकनले फिल्मलाई आकर्षक बनाएको छ ।

सरल कथा भन्न रुचाउने निर्देशक घनश्याम लामिछानेले यसपटक फिल्मको ‘क्यानभास’ ठूलो बनाएका छन् । लण्डनदेखि पेरिससम्मको यात्रा र प्रेम कथा देखाईएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्कासँगै डेब्यु कलाकार निश्चल खड्का र गरिमा शर्मा छन् । फिल्मको सार्वजनिक प्रचार सामग्रीले मेकिङ उच्च रहेको प्रस्ट्याउछ । यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा साम्राज्ञीको जोडी डेब्यु अभिनेता निश्चलसँग बाँधिएको छ ।

निर्देशक लामिछाने यसलाई अहिलेको पुस्ताको कथा भन्न रुचाउछन् । उनले भने,‘यस्तो मेकिङ्ग संवत अन्य नेपाली फिल्ममा देखिएको छैन, मैले त देखेको छैन । यो अहिलेको पुस्ताको प्रेम कथा हो ।’

उनले फिल्ममा युवापुस्ताले आफ्नो कथा भेट्नुका साथै दृश्यमार्फत आँखालाई शितलता प्राप्त हुने बताए । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

यसमा अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई अल नेपाल वितरण गर्नेछन् । यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्