‘ऊनको स्वीटर’ क्यानडा प्रदर्शन तय

फिल्म । नेपाली फिल्म ‘ऊनको स्वीटर’ लाई क्यानडामा प्रदर्शन हुने भएको छ । ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले फिल्मलाई नेपालकै समयमा क्यानडाको विभिन्न सहरमा प्रदर्शन गर्ने सम्झौता गरेको छ ।

आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

क्यानडाका वितरक मध्येका एक जीआर भण्डारीले फिल्मलाई लिएर दर्शक माँझ उत्साह रहेको जानकारी दिए । उनले भने,‘गीतसङ्गीतको कारण उक्त फिल्मको माग थियो । हामीले प्रदर्शन गर्ने खबरले यहाँ रहेका नेपाली उत्साहित छन् । नेपाली कला र संस्कृतिसँग जोडिएको कार्यक्रमसँगै विस्तारै क्यानडा फिल्मका लागि पनि राम्रो बजार बनिरहेको छ ।’

कमेन्ट गर्नुहोस्