छायांकन नसकिदै अष्ट्रेलिया बिक्यो ‘नाङ्गो गाउँ’

फिल्म। ‘कबड्डी ४ : द फाइनल म्याच’ र ‘जारी’ को सफलता पश्चात दयाहाङ राई र मिरूना मगर अभिनित फिल्म ‘नाङ्गो गाउँ’को छायांकन नसकिदै विदेश प्रदर्शन अधिकार विक्री हुन् थालेको छ। नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट्सले प्रदर्शन अधिकार लिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए।

तीस लाखको हाराहारीमा प्रदर्शन अधिकार विक्री भएको बुझिएको छ। एसएसएमका छत्र थापाले कलाकारको लोकप्रियता र निर्माण टीम प्रतिको विश्वासले गर्दा फिल्म खरिद गरिएको जानकारी दिए। उनको अनुसार यो फिल्म नेपालकै मिति भदौ २९ मा अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुनेछ। आफ्नो काम प्रति बढिरहेको विश्वासले दायित्व थपिएको निर्देशक लामाले बताए।

‘मेरो पछिल्लो फिल्मको व्यापार र प्रतिक्रियाले पनि नाङ्गो गाउँ छायांकन नसकिदै विक्री भईरहेको छ। दर्शकलाई निराश नबनाउने गरी काम गरिरहेका छौँ’, निर्देशक लामाले भने,’फिल्मको केही दिनको छायांकन बाँकी छ। अन्य देशमा समेत प्रदर्शन अधिकार लिने कुरा भईरहेको छ। केही दिनमै बाँकी जानकारी सार्वजनिक गर्नेछौँ।’यसमा साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्