फिल्म । हाँस्यकलाकार शिवहरी पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’ सेन्सर पास भएको छ । फिल्मलाई केन्द्रीय चलचित्र जाँच पास समितिले सबै दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । आउँदो वर्ष २०७९ को वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने ‘लक्का जवान’ सेन्सर पास भएको छ । दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् ।
युनिभर्सल सर्टिफिकेट पाएसँगै निर्देशक पौडेलले खुसी व्यक्त गरेका छन् । किनकी यो समुहले बनाउने फिल्मका लक्षित दर्शक स-परिवार हुने गरेका छन् । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने छ ।










