फिल्म । सङ्गीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार हुने फिल्म ‘मन बिनाको धन’ को शुभ मुहर्त गरिएको छ । शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै मुहुर्त गरिएपछि अभिनेता सरोज खनालले क्ल्याप, व्यवसायी टिका बुढाथोकीले नरिवल फोडेका थिए भने गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहुर्त दृश्यमा अभिनय गरेका थिए ।
‘मन बिनाको धन’ शीर्षकको गीतबाट प्रेरित भइ बनेको फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी,आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मको कथा निर्माता निर्देशक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीको रहेको छ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्ममा निर्देशक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ ।










