नयाँ वर्षमा आक्रामक ‘महाजात्रा’

फिल्म । सदा झैँ नेपाली फिल्मका लागि नयाँ वर्ष सुखद भएको छ । प्रदर्शन भइरहेका नेपाली फिल्म लगभग ‘हाउसफुल’ भयो । नेपाली फिल्मलाई दर्शकको राम्रो साथ दिए । काठमाडौँ उपत्यकासँगै देशभरका अधिकाँस मल्टिप्लेक्समा टिकेट उपलब्ध भएन । अर्थात् शोहरू हाउसफुल थिए । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ र प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ मा दर्शक भरिभराउ देखिए ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्राप्त शोमा शत प्रतिशत अकुपेन्सी देखियो ।देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गरिरहेको छ । फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

कमेन्ट गर्नुहोस्