दयाको विर्सनलायक फिल्म बन्यो ‘कार्साङ’

फिल्म । अभिनेता दयाहाङ राईले विभिन्न संस्कृतिका फिल्ममा अभिनय गरेका छन् । लिम्बू समुदायको संस्कृतिमा आधारित ‘जारी’ उनको सर्वाधिक सफल फिल्म मध्येको एक हो । त्यसपछि गुरुङ समुदायको संस्कृतिमा आधारित ‘दयारानी’, मगर समुदायको संस्कृतिमा आधारित ‘घर ज्वाइँ’, राई समुदायको संस्कृतिमा आधारित ‘गाउँ आएको बाटो’ मा दयाले अभिनय गरेका छन् ।

उल्लेखित फिल्मले नेपाल र विदेशमा गरेको व्यापारले आफ्नो लगानी सुकक्षित गर्दै केही मुनाफा आर्जन गर्न सफल भएको छ । साथै, समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको छ । यद्यपि दयाले पछिल्लो समय अभिनय गरेको शेर्पा समुदायको संस्कृति र कथामा आधारित फिल्म ‘कार्साङ’ले घरेलु बक्स अफिसमा निकै कम्जोर देखिएको छ ।

नत फिल्मको डायस्पोरा प्रदर्शन उत्साहजनक भएको खबर छ, नत यसलाई समीक्षकले हेर्नुपर्ने फिल्म भनेका छन् । यसकारण पनि यो अभिनेता राईको यस वर्ष रिलिज फिल्ममध्ये सबैभन्दा कमजोर व्यापार फिल्म बन्न पुगेको छ । फिल्ममा अनुबन्धित भएपछि पनि निर्माणलाई पटकपटक धकलेका दयाको यो विर्सनलायक फिल्म बन्न पुगेको छ ।

फिल्म प्रतिको अविश्नियताकै कारण दयाले प्रचारमा उती साथ् दिएका थिएनन् । फिल्मले बक्सअफिसमा कम्जोर व्यापार गर्नु र हेर्नेले सिफारिस नगरिदिनुले निर्माणपक्षसँगै दयालाई पनि घाटा लागेको छ । यो वर्ष सुरुआतदेखि नै राम्रो ‘लाइनअप’ बनाएका दया ६ महिनाको अन्तरालमा हल आउँदा पनि दर्शकको चासो बढेन । फलत: ‘कार्साङ’ उनको विर्सनलायक फिल्म बन्न पुग्यो । निर्माण पक्षका अनुसार यो फिल्मले पहिलोसाता सकिनै लाग्दा डेढ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।

कमेन्ट गर्नुहोस्