आज देखि ‘कान्स फिल्म फेस्टिभल’

फिल्म । कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन् नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल आज मंगलबारदेखि फ्रान्समा सुरु हुँदैछ । यसपटक कान्समा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो । कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् । यद्यपी, केही युक्रेनी निर्देशकले बनाएका फिल्म चाहिँ प्रदर्शन हुनेछन् । जसमा सर्जेइ लोजनिताको डकुमेन्ट्री ‘द न्याचुरल हिस्ट्री अफ डिस्ट्रक्सन’ समेत छ । गत अप्रिलमा रुसी हमलाबाट मरिपोलमा मारिएका लिथुआनियन निर्देशक मन्तस केर्भेडार्सियसले आफू मारिनुअघि खिचेका फुटेजलाई यसमा समावेश गरिएको छ । टम क्रुज स्टारर ‘टप गन : माभेरिक’ हलभन्दा पहिल्यै कान्समा स्क्रिनिङ हुनेछ । अभिनेता क्रुज रेडकार्पेटमा देखिनेछन् ।

वार्नर ब्रोजले अस्टिन बटलर र टम ह्यांक्स स्टारर फिल्म ‘एल्भिस’लाई प्रदर्शन समेत गर्नेछ । निर्देशक जर्ज मिलरको नयाँ फिल्म ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ’ स्क्रिनिङ हुनेछन् जसमा एड्रिस अल्बा र टिल्डा स्विल्टनजस्ता स्टार पनि हुनेछन् । यसपटक कान्सले स्ट्रिमिङ सर्भिसका फिल्मलाई प्रतिस्पर्धामा भाग लिन दिएको छैन । यसपटक फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन मुख्य जुरी छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई समेत देख्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्