कमेन्ट गर्नुहोस्
आशिषले रचना गरे ‘तिम्रै माया’

सङ्गीत । उदयमान गीतकार आशिष कोइराला फरक र युवापुस्तालाई मन पर्ने शब्द सिर्जना गरेर गीत तयार गर्ने गरेका छन् । उनले पछिल्लो समय रचना गरेको गीत हो,‘तिम्रै माया’ । प्रताप दासको स्वर, सरोज पोखरेलको सङ्गीत र देबेश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । साजन कटेलको निर्देशन रहेको उक्त गीतको भिडियोमा समिप ढकाल,बिशम्बर सिलवाल र रोहित सिंह ठाकुर फिचर्ड छन् । भिडियोमा रमेश पराजुलीको छायाँकन र राकेश दाहालको सम्पादन रहेको छ ।
भिडियोमा प्रेम र समपर्णलाई चित्रण गरिएको गीतकार कोइरालाले बताए । उनी गीतकारसँगै डिजिटल प्लेटफर्महरूमार्फत प्रवर्द्धनात्मक गतिविधीमा पनि उत्तिकै सक्रिय छन् ।






