मोफसलमा ‘चौका दाउ’ युनिट

फिल्म । आउदो पौष २७ बाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ युनिट मोफसल यात्रामा निस्किएको छ । मोफसलका पत्रकार तथा दर्शकसँग साक्षात्कार गर्ने उदेश्यका साथ् निस्किएको फिल्म युनिटले हेटौडामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा प्रस्तुत गरिएको बताए ।

‘हामीले हाम्रै समाजको कथालाई प्रस्तुत गरेका छौ’ निर्देशक झाले भने ‘फिल्मले मनोरंजन दिन्छ साथै संदेश पनि ।’ यसैगरी कलाकार सन्तोष पन्तले फिल्मले दर्शकलाई मनोरंजन दिने बताए । ‘हामी ४ कलाकारले फिट हुने किसिमकै भूमिका निर्वाह गरेका छौ’ कलाकार पन्तले भने ‘फिल्म राम्रो बनेको छ यसैले प्रमोसनमा मोफसलसम्म आइपुगे ।’ कलाकार पन्तझैँ अभिनेत्री वर्षा राउत पनि फिल्मबाट आश्वादी छिन ।

‘फिल्ममा मेरो भूमिका मेजर नै छ’ उनले भनिन् ‘नजानेर गरिएको गल्तिले दिने परिणामनै फिल्मको सार हो ।’ फिल्ममा सन्तोष र रविन्द्र झा , तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना लगायतको अभिनय रहेको छ । यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चौका दाउलाई सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । पौष २७ बाट प्रदर्शनमा आउने यसफिल्मको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् ।

कमेन्ट गर्नुहोस्