यात्राको टाइटल गीत रिलिज (भिडियो)

फिल्म ।यसवर्षको अन्त्य अर्थात् चैत्र अन्तिममा फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ रिलिज हुदैछ । जसमा राइजिङ स्टार सलिनमान बनियाको अभिनय रहेको छ । सलिन यसमा यात्रीको भूमिकामा छन् । यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको यस फिल्मको ट्राभल गीत रिलिज गरिएको छ । ट्राभल गीतलाई काठमान्डूबाट सुरु गरिएको छ भने यसमा सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गीतमा धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस फिल्म मार्फत निकै आश्वादी छन् । भ्ल्गिस्टको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउछन् । ‘मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिन भन्छन् ‘फिल्मले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’

फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । ‘फिल्मको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ‘फिल्ममा चाहिने सम्पूर्ण तत्व यात्रामा छ ।’फिल्ममा यात्राको क्रम आउने परिस्थिति , माया र मित्रतालाई देखाइने उनले बताए ।

यसमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेकाहुन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्