बोबीले भेटिन् विजेता राजेश

जयहोस् । गत असारमा प्रदर्शनमा आएको फिल्म ‘बोबी’ मार्फत चर्चामा आएको जोडी हो , उमेश थापा र कविता गुरुङको जोडी । यी दुईले आफ्नै कथामा आधारित फिल्ममा अभिनय गरे । रियल पिपुल र रियल स्टोरीलाई दर्शकले रुचाए । यसै फिल्मको प्रदर्शन अगाडी निर्माण पक्षले ‘बोबी हेरौ , नर्वे घुमौ’ भन्ने अफर ल्याएको थियो । फिल्मले नेपाल प्रदर्शन सकिसकेपछी यसकी अभिनेत्री कविता गुरुङले नेपाल आएर नै विजेता घोषणा गरिन । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै लकी ड्र मार्फत बिर्तामोडका राजेश लिम्बु विजेता घोषित भए । शनिवार नै नर्वे फर्किनु पर्ने भएकाले कविता आफै विजेता भेट्नलाई बिर्तामोड पुगिन । ‘मलाइ एकदमै भेटन मन लाग्यो , त्यसैले आफै बिर्तामोड पुगेर भेटेकी हु’ कविताले भनिन् । उनले राजेशलाई भेटेर खुसि लागेको बताइन । ‘मलाई खुसि लाग्यो भेटेर , अब हामी उहाको भिसा प्रोसेसमा लान्छौ र आउदो वर्षको जुन सम्ममा नर्वे लैजान्छु’ कविताले विन्टरमा नर्वे घुमघाममा गाह्रो हुने समेत बताइन । मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ यतिबेला अन्तराष्ट्रिय बजारमा डिमाण्डमा छ । राजेशको कथा पनि उस्तै बिर्तामोड बस्ने राजेशलाई सुरुवात यो पत्याउनै गाह्रो पर्यो । उनले जयहोस् डटकमसँगको कुराकानीमा पहिला कसैले फोनबाट ठट्टा गरे जस्तो लागेको बताए । ‘पहिलो कसैले झुक्याएको हो कि जस्तो लाग्यो , केहि छन् पछी फेसबुकमा समाचार आउँन थाल्यो अनि श्रीमतीले भनेपछि विश्वास भो’ राजेशले आफुलाई त्यो रात निधाउँन कठिन भएको समेत बताए । उनकी श्रीमती ताराले नै गर्दा उनि फिल्म हेर्न पुगेका रहेछन् । ‘म एकलै फिल्म हेर्न पुगेको थिए तर त्यतिबेला शो नभएकोले मिलेन तर पछी श्रीमतीकै करमा फिल्म हेर्न गए’ राजेशले बिर्तामोडको कृष्णा टाकिजमा फिल्म हेरेका थिए । त्यसो त उनले यो अफर फिल्मको कन्सर्टमा थाहा पाएका रहेछन । ‘बोबी’ टीम प्रचारप्रसारका लागि विर्तामोड पुग्दा उनि कन्सर्ट हेर्न पुगे तर उनले टिकेट खिचेर पठाउनुको अर्को कारण पनि छ । फिल्मको कथा उनिसँग केहि हदसम्म मिल्छ । केहि समय अगाडी मात्र राजेशले तारासँग भागी विवाह गरेका हुन् भने यी दुईको प्रेम भाषा सिक्ने क्रममा परेको थियो । पछिल्लो समय कोरियन भाषा सिकिरहेका राजेशले आफ्नो कथा पनि उस्तै भएपछि मन परेको प्रतिक्रिया सहित टिकेट सेन्ड गरेका रहेछन । ‘निकै खुसि लागेको छ , अहिले सम्म कुनै देश गएको थिइन् तर बोबीको कारण नर्वे घुम्दैछु’ राजेशले खुसि हुदै फिल्म युनिटलाई धन्यवाद दिए ।
कमेन्ट गर्नुहोस्