फिल्म । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्म सेड्युल अनुसार नै सकिएको निर्देशक पौडेलले बताए । उनले स्क्रीप्ट अनुसार नै फिल्मको काम गर्न सफल भएको बताएका छन् । ‘अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै फिल्म निकाल्ने छौँ ‘, उनले भने ।
सामाजिक कथावस्तु पस्किने फिल्म सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए । यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका छन् ।
फिल्ममा डिओपी मानकृष्ण महर्जन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको ‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।










