यी मेकर्सलाई रश्मिकाले भनिन् ‘नो’

फिल्म । साउथ इन्डियन एक्ट्रेस रश्मिका मन्दना पछिल्लो समय चर्चामा रहने गर्छिन् । उनको सुन्दरता , मुस्कानको कयौँ प्रसंशक छन् । गीता गोविन्दम र डियर कमरेड मार्फत बलिउडका दर्शक माँझ पनि उत्तिकै क्रेज बनाएकी रश्मिकाले बलिउडमा पनि पाइला टेक्दैछिन् । उनले बलिउडको २ फिल्ममा काम गर्दैछिन् । यद्दपी यतिबेला बलिउड मात्र नभई साउथ इन्डियन केहि मेकर्स पनि उनलाई फिल्ममा लिन लागिपरेका छन् । उनले केहि फिल्म छोडेकी थिइन् , जसले निकै राम्रो चर्चा पनि पायो । आउनुस् , उनले छाडेका फिल्मको बारेमा चर्चा गरौँ ।

मास्टर

भारतमा पहिलो लहरको कोरोना भाइरसले गरेको असर कम भएपछी रिलिज भएको फिल्म हो मास्टर । तामिल , तेलुगु , मलयालम , कन्नड र हिन्दी भाषामा रिलिज भएको फिल्मले सय करोड माथिको व्यापार गर्दै दर्शकलाई हलसम्म पनि तान्यो । साउथ फिल्मनगरीमा राम्रो फ्यान फ्लोअर्स भएका विजय थल्पथी अभिनित फिल्मको राम्रै चर्चा भएको थियो । पछिल्लो समय ग्लोबल अनलाइन डाटाबेस आईएमडीबीले सन् २०२१ मा भारतमा अहिलेसम्म रिलिज भएका चर्चित फिल्म तथा वेब सिरिजको सूची सार्वजनिक गरेको छ । आईएमडीबीले सार्वजनिक गरेको वर्षको मध्यान्तरसम्म सूचीमा चर्चाको पहिलो स्थान तामिल फिल्म ‘मास्टर’ रहेको छ । फिल्ममा विजय संगै विजय सेतुपतिको मुख्य भूमिका रहेको थियो ।

एउटा मास्टरले बच्चाहरुलाई अपराधिक बाटोबाट हटाउने कथा फिल्म मार्फत देखाइएको छ । यस फिल्मको लागि निर्माण पक्षले रश्मिकालाई अप्रोच गरेको थियो । यद्दपी उनले व्यस्तताको कारण देखाउदै फिल्म गरिनन् । उनले फिल्म नगरेपछि निर्माण पक्षले यसमा माल्विका मोहनलाई कास्ट गरेको थियो ।

जर्सी

पछिल्लो फिल्म ‘कबिर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शहिद कपूरले प्रस्ट्याईसकेका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘कबिर सिंह’ ले पाएको सफलताले मात्र होइन , उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । पछिल्लो समय कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबिर सिंह पाएका छन् । शाहिद यतीबेला साउथको फिल्म ‘जर्सी’ को रिमेकमा व्यस्त छन् ।

‘अर्जुन रेड्डी’ को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिदैछन् । स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन । त्यसपछि उनि नेशनल टिमसम्म कसरि पुग्छन ? भन्ने विषयलाई फिल्ममा देखाइनेछ । उनको को-स्टारको रुपमा मृनाल ठाकुर छिन् । यस भूमिकाको लागि रश्मिकालाई अफर गरिएको थियो । यद्दपी उनले यो फिल्म पनि केहि कारण देखाउदै गरिनन् ।

संजयलीला भन्सालीको प्रोजेक्ट

रश्मिकालाई एक फिल्मको लागि संजयलीला भन्सालीले पनि अफर गरेका थिए । उनले उक्त फिल्ममा रणदीप हुडासंग रश्मिकाको जोडी बाध्ने तयारी थालेका थिए । यद्दपी रश्मिकाले ‘नो’ भन्दा उनको यो प्रोजेक्ट अगाडी बढ्न सकेन । अन्ततः उनको अनटाइटल प्रोजेक्ट अझै ओझेलमै छ । बलिउडमा रणवीर सिंह , दीपिका पादुकोणको स्टारडम पछिल्लो समय संजयकै फिल्मको कारण बढेको थियो ।

श्याम सिंह राय

नानी स्टारर फिल्म ‘श्याम सिंह राय’ मा पनि रश्मिकालाइ निर्माण पक्षले अफर गरेका थिए । तर , उनले फिल्मको कथा मन परेको भन्दै गरिनन् । अन्ततः यो फिल्ममा मेकर्सले साइ पल्लवीलाई कास्ट गरे । फिल्म मेकर्सलाइ ‘नो’ भन्नुको कारण कथा भनिएता पनि उनले सेकेन्ड लिड रोल गर्न नचाहेको बताइएको छ ।

किरिक पार्टी

रश्मिकाकै डेब्यु फिल्म समेत रहेको ‘किरिक पार्टी’ बलिउडमा रीमेक हुने चर्चा नचेल्को होइन । त्यहिँ फिल्म मार्फत रश्मिकाले साउथ इन्डियन फिल्मनगरीमा पाइला टेकेकी थिइन् । यद्दपी उनले बलिउडमा हुने रीमेकमा भने अभिनय गर्न मानिनन् । फिल्ममा एक्टरको रुपमा कार्तिक आर्यनको नाम आएको थियो । यद्दपी पछिल्लो समय यो फिल्म बन्ने नबन्ने बारे अन्यौलता बढिरहेको छ ।

(एजेन्सी सहयोगमा )

कमेन्ट गर्नुहोस्