फिल्म । नेपाली फिल्मनगरीमा निर्माता हुँदै अभिनेता र निर्देशकसम्म बनेका रोज राणा अब ‘खलनायक’ बन्ने भएका छन् । उनैले निर्माण गरेको हिट फिल्म ‘खलनायक’ को सिक्वेल बनाउने तयारीमा उनि जुटेका छन् । जसमा उनि खलनायक अर्थात भिलेनको भूमिकामा देखिदै छन् । फिल्मकै क्यारेक्टरको लागि रोजले शारीरिक बनाबटमा समेत मेहनत गरिरहेका छन् ।
‘फिल्ममा भिलेनको भूमिका मैले निर्वाह गर्दैछु’ उनले भने । उनले फिल्ममा निर्देशकको आग्रहमा देखिने तयारी थालेको समेत जनाए । फिल्मको पहिलो भागलाई ऋषि न्यौपानेले निर्देशन गरेका थिए भने सिक्वेललाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । गोविन्दको निर्देशकीय डेब्यु फिल्म ‘रणवीर’ हो ।
कमेन्ट गर्नुहोस्











