‘घरका पिक्चर है’

फिल्म । बलिउडका प्रसिद्ध निर्देशक तथा लेखक अनुराग कश्यपले घरमा रहदा डेली एक वा दुइ फिल्म हेर्ने गरेको बताएका छन् । अनुरागले नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा आफ्नो अनुभव साट्ने क्रममा उनले आफु फिल्म लभर रहेको बताएका हुन् । ‘म घरमा रहदा दैनिक एक देखि दुइ फिल्म हेर्ने गर्छु’ अनुरागले भने ,’म फिल्म प्रेमी हुँ ।’

बलिउडमा ग्याङस अफ वासेपुरको सिरिज निर्देशन गरेर चर्चामा आएका अनुराग निर्देशकसंगै लेखक , निर्माता र कलाकार पनि हुन् । पछिल्लो समय उनले अभिनय मार्फत पनि आफ्नो व्यक्तित्वलाई बढाएका छन् । कोरोना भाइरसको कारणले सिर्जित अवस्थाका कारण हाइब्रिड भईरहेको निफमा अनुभव साट्दै अनुरागले नेपाली फिल्म २/३ वर्ष अगाडी हेरेको बताएका छन् ।

पछिल्लो समय उनले हेरेको दुइ फिल्म हो , सेतो सुर्य र कालो पोथी । नेपालबाट विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर विभिन्न अवार्ड समेत जितेको फिल्मले नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाएको अनुरागले बताए । उनले कलोपोथीको डिभिडी आफुसंग रहेको बताउदै युएसबाट किनेको जनाए । ‘युएसमा फिल्मको डिभिडी देखे । मलाइ लग्यो यो घरकै फिल्म हो । त्यसैले किनेर ल्याएर हेरे’ अनुराग भने । त्यहाँ अफिसियल रुपमा डिभिडी प्राप्त हुनु नै नेपाली फिल्मको सफलता तर्फ उन्मुख रहेको बताए ।

उनले फिल्ममा आफ्नो कथा देखाउन आग्रह गरे । ‘हामीले फिल्म बनाउदा आफ्नो कथा विश्वलाइ देखाउने हो’ अनुरागले भने । उनले नेपाल छायांकन गर्नु परेमा सगरमाथा नजिक गर्ने बताए । ‘मैले नेपालमा एभरेष्टमा छायांकन गर्नेछु । त्यस किसिमको एउटा कथा पनि मसंग छ’ उनले भने । कोरोन भाइरस ( कोभिड – १९ ) का कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका इभेन्टहरु अनलाईन भइरहेको छ । यसअघि फेब्रुअरी महिनाको मध्यमा आयोजना हुँदै आइरहेको निफको यो चौथो संस्करण हो ।

कमेन्ट गर्नुहोस्