‘अला वैकुण्ठपुरामलो’ टिभीमै आउने

फिल्म । गत वर्षको डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पा’ को हिन्दी भर्सनले पनि उत्तिकै राम्रो व्यापार गर्यो । हिन्दी भाषामा मात्र ८५ करोडको आसपासमा व्यापार गरेपछि यतिबेला अल्लु अर्जुनको क्रेज बलिउड दर्शक माँझ पनि बढेको अनुमान सहजै लगाउन सकिन्छ । पुरानो शैलीमा बनेको मसाला फिल्मलाई रुचाएपछि हिन्दी भाषामै फिल्म ‘अल्ला वैकुण्ठपुरामलो’ रिलिज गर्ने चर्चा भयो ।

हिन्दी राइट्स खरिद गरेका मनिष शाहले फिल्मलाई आउँदो जनवरी २६ मा हलमै रिलिज गर्ने घोषणा गरे । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण केहि प्रान्तमा हल बन्द भएपछि यो समयमा फ्रेस हिन्दी फिल्म रिलिज छैनन् । विशेषत नर्थ इन्डियामा फिल्म छैनन् । यसैले गर्दा ‘अला वैकुण्ठपुरमलो’ लाई हिन्दीमा रिलिज गरिने भएपछि चर्चा बढ्यो । सन् २०२० को जनवरी १२ मा रिलिज भएको फिल्मले राम्रो व्यापार गरेको थियो । साथै , अल्लुका फ्यानले निकै रुचाएका थिए । यो फिल्म विशेषत युट्युबमा रिलिज गर्ने तयारी गरिएको थियो ।

यद्दपी पुष्पाको क्रेजलाई मध्यनजर गर्दै फिल्म हलमै ल्याउने तयारी गरियो । तर, ‘अला वैकुण्ठपुरामलो’ को हिन्दी रीमेक फिल्म ‘शेह्जादा’ बनिरहेकाले निर्माण पक्षले हिन्दी भाषाको फिल्म हलमा नल्याउन मनिषलाइ आग्रह गरे । गोल्डमाइनस टेलिभिजनका मनिषलाई अल्लु अर्जुनकै पिता अल्लु अरविन्दले फिल्म रिलिज नगर्न भनेपछि ‘अला वैकुण्ठपुरमलो’ हलमा नआउने भयो । अल्लु अर्जुनका पिता अल्लु अरविन्द हिन्दी रीमेक ‘शेहजादा’ का समेत निर्माता मध्यका एक हुन् । अला वैकुण्ठपुरमलो हिन्दी भाषामा हलमा आएपछि शेहजादालाई असर गर्ने भन्दै अन्य निर्माताले अल्लु अरविन्दलाई मनिषसँग कुराकानी गर्न मुम्बई समेत बोलाएका थिए । आपसी कुराकानीपछि फिल्म नआउने तय भयो ।

अला वैकुण्ठपुरमलो हिन्दीमा रिलिज नहुने भएपछि अल्लु अर्जुनका फ्यानले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे । उनीहरुले हिन्दी भाषामा फिल्म नआए बलिउडलाई ‘बायकट’ गर्ने चेतवानी समेत दिए । अल्लुको फिल्म हिन्दीमा ल्याउन दबाब दिएपछि अन्तत मनिषले टिभी प्रिमियर गर्ने भएका छन् । फिल्म फेब्रुअरी ६ मा एक भारतीय टिभीमा प्रिमियर हुने भन्दै ट्रेलर समेत सार्वजनिक गरिएको छ । मनिष र उनको संस्था गोल्डमाइनस टेलिफिल्मले अल्लु अर्जुनको फ्यानहरुको डिमाण्डलाई सुन्दै फिल्म रिलिज गर्न लागिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्