निर्माताले थाले ‘रेस ४’ को तयारी

फिल्म । बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मुस्तानले निर्देशन गरेका थिए । जसलाई दर्शकहरुले पनि रुचाएका थिए । यस्तै यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए , जसमा सलमान खानको इन्ट्री भएको थियो । यद्दपी यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन् ।

यतिबेला टिप्सका रमेश चौथो सिरिजको तयारीमा छन् । फिल्मलाई अघिल्लो तिनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन् । यसपटक फिल्मलाई रमेश आफैले निर्देशन गर्ने तयारी समेत थालेका छन् । फिल्ममा तेस्रो भाग मार्फत सदस्य बनेका सलमान खान , पहिलो र दोस्रो भागका सदस्य सैफअलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको रहेको छ । यद्दपी यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएका छैनन् । दर्शकले बलिउडको हिट फ़ेन्चाइजहरुको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन् । प्रतिक्षित फिल्महरुमा क्रिस ४ , धूम ४ पनि पर्छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्