‘नाई नभन्नु ल ६’ को तयारीमा विकाश

339 Shares

फिल्म । पछिल्लो समय ‘हजार जुनीसम्म’ फिल्म मार्फत विकाशराज आचार्य दर्शकसामु आइपुगेका छन् । उनले ‘नाई नभन्नु ल’ सिरिज भन्दा बाहिर आएर काम गरेका हुन् । फिल्मले दर्शकबाट प्रतिक्रिया राम्रो बटुलेता पनि व्यापार भने औसत मात्र गरेको छ । अब निर्देशक आचार्य ‘नाई नभन्नु ल ६ को तयारीमा जुटेका छन् ।

फिल्मलाई आउँदो तिहारपछि छायाँकनमा लाग्ने गरि तयारी भईरहेको बुझिएको छ । निर्देशक आचार्यले नाई नभन्नु ल सिरिज प्राय विदाको समयमा सुरु गर्ने गर्छन् । किनकी विदाको समयमा अनुभव रेग्मीको पढाइमा असर पर्दैन । विकाशले अनुभवसँग ‘रिदम’ देखि नै काम गर्दै आएका छन् भने ‘नाई नभन्नु ल’ सिरिजमा न छुट्ने नाम हो । यसैले गर्दा पनि विकाशले अनुभवको समय मिलाएर छायाँकन गर्ने गर्छन । यसैले दशैँ तिहारको विदामा फिल्म छायाँकन गर्ने तयारीमा छन् , विकाश ।

Facebook Comments