बोर्ड सदस्यमा सन्तोष नियुक्त

फिल्म । नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोषबाबु लोहनीलाई नियुक्त गरेको छ। लामो समयदेखि फिल्म, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई मन्त्रालयले बिहिबार साँझ नियुक्ति दिएको हो । विसं २०४९ सालमा नेपाली फिल्म ‘अपमान’ मा अभिनेताको रुपमा अभिनय गरेका लोहनी निर्माण र निर्देशनमा सकेट सक्रिय छन् ।

उनले ‘जय विजय’ अभिनय गर्नुका साथै ‘नारी, द वुमन’, ‘हलो नेपाल’ र ‘कोइराला’, ‘मानवताका लागि’ जस्ता टेलिभिजन कार्यक्रमहरूमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्। उनले बोर्ड अध्यक्ष दिनेश डिसीको निर्देशनमा करिब २८ वर्षअघि निर्माण भएको तिन म्युजिक भिडियोहरूमा अभिनय गरेका थिए । अहिले बोर्डमा पुनः एकसाथ काम गर्ने अवसर पाउनु आफ्नो लागि महत्वपूर्ण संयोग बनेको नव नियुक्त सदस्यले बताएका छन् ।

उनी अन्तर्राष्ट्रिय मेट्रोनप्लस मिडियामा व्यवस्थापक, विज्ञापन तथा अभिनय क्षेत्रमा आबद्ध भएका थिए। नवनियुक्त बोर्ड सदस्य लोहनीले फिल्म प्रवर्द्धन, नीति निर्माण तथा नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको बताएका छन्।

कमेन्ट गर्नुहोस्