‘स्टारडम बुझे’

टिभी । कमेडियन कपिल शर्मा परिचित नाम बनिसकेका छन् । कमेडी नाइट विथ कपिल मार्फत टेलिभिजनमा शोको होस्ट बनेर आएका कपिलले छोटो समयमै दर्शकको मनमा राज गरे । तर , बढ्दो लोकप्रियतालाई ह्यान्डल गर्न नसक्दा उनि डिप्रेसनमा समेत पुगे । आफ्नै टिमका साथी सुनिल ग्रोभरसँग अस्ट्रेलियाबाट फर्किने क्रममा झगडा परेपछि उनको शो बन्द नै भयो ।

त्यसपछि कपिल झन्डै एक वर्ष हराए । दर्शकले एउटा राम्रो मनोरन्जनात्मक शो हेर्न पाएनन् । तर , जब उनि लाइफमा रिटर्न गर्न तयार भए , उनले टिभीमा समेत कमब्याक गरे । सलमान खान प्रोडक्सनले निर्माण गरेको शो पुनः लोकप्रियताको सिढी चढ्यो । पछिल्लो समय उकालो ओरालोको अनुभव गरिसकेका कपिल झनै संयमित छन् ।

‘मैले स्टार बन्ने र स्टारडम फुस्किने अनुभव गरिसकेको छु’ कपिलले भने । बितेको पलको अनुभवले उनलाइ जिन्दगीमा अगाडी बढ्ने हौसला मिलेको बताउछन् । ‘मैले लाइफबाट केहि सिकेको छु , अब त जिम्मेवार छु’ उनले भने । उनले गिन्नी चतरथसँग विवाह गरेका छन् । उनको एक छोरी समेत छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्