फिल्म । आमिर खान अभिनित फिल्म ‘पिके’ सफल रह्यो । दर्शकले फिल्मको कन्सेप्ट मन पराए । लगातार फिल्म बनाउदै दर्शकको मन जितिरहेका निर्देशक राजकुमार हिरानीले पनि दर्शकको अपेक्षा पुरा गरे । यतिबेला त्यहिँ फिल्मको डिलेट गरिएको एक दृश्यको चर्चा समाजिक सञ्जालमा छ ।
किनकी उक्त दृश्यमा अनुष्का शर्मा र स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुत छन् । फिल्मको क्लाइमेक्समा समावेश उक्त दृश्यलाई आमिर र हिरानीले फिल्ममा नराख्ने निधो गरेर फिल्म रिलिज गरेका थिए ।
दर्शकले पनि उक्त समयमा फिल्मलाई मन पराए । तर , पछिल्लो समय सुशान्तको दृश्य काटिएको भन्दै समाजिक सञ्जालमा आमिर र राजकुमारको विरोध भइरहेको छ । स्वर्गीय अभिनेता सुशान्तको फ्यानहरुले उक्त दृश्य नराखेर फिल्म टिमले अन्याय गरेको तर्क सहित सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरिरहेका छन् । (एजेन्सी)
As I sign off today, here's a scene from #PK that never made it to the film. We will never know why.
— Soumyadipta (@Soumyadipta) September 7, 2020
But I think that this is one of the best performances of #SushanthSinghRajput on screen.
Many of you might have seen it already.
But here it is again.pic.twitter.com/SHo36lYYW7












