‘बधाई हो’ लाई बधाई हो

जयहोस् । गत शुक्रबार रिलिज भएको फिल्म ‘बधाई हो’ हिट भईसकेको छ । आयुष्मान खुराना स्टारर फिल्मले फस्ट विकेन्ड पार गर्दा ४५ करोडको ब्यापार बक्स अफिसमा गरिसकेको छ । संगै रिलिज भएको फिल्म ‘नमस्ते इंग्ल्याण्ड’ ले ६ करोडको मात्र कलेक्सन गरिरहदा आयुष्मान स्टारर फिल्मको विजनेस निकै माथि छ । अर्जुन कपूर र परिनिती चोपडा स्टारर फिल्मको माउथ पब्लिसिटी राम्रो नहुदा ब्यापार हुन् सकेन भने ‘बधाई हो’ लाई दर्शकले रुचाएका छन् । फिल्मले राम्रो कलेक्सन गरेपछि निर्माण युनिट पनि यतिबेला दंग छन् । यस फिल्मले पहिलो दिन ७ .२९ करोडको कलेक्सन गरेको थियो भने नमस्ते इंग्ल्याण्डले केवल १.७५ करोड मात्र कलेक्सन गर्न सफल भएको थियो । बधाई होले विहिबार ७.२९ , शुक्रबार ११.६७ , शनिवार १२.६० र आइतवार १३.५० करोडको कलेक्सन गर्न सफल भएको हो । फिल्मले आफुलाई १०० करोड क्लबमा पुर्याउने अनुमान भारतीय बिजनेस पण्डितहरुको छ । किनकी फिल्मको ‘वर्ड अफ माउथ’ निकै राम्रो छ । फिल्मलाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन् भने यसमा आयुष्मानसँगै निना गुप्ता , गजराज राव र सान्या मलहोत्राको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्