युट्युबमा आयो ‘साईनो’ (भिडियो)

फिल्म । नेपाली फिल्म ‘साईनो’ युट्युबमा रिलिज गरिएको छ । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको ‘साईनो’ मा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । सम्झौता र प्रेमसंगै मानव बेचबिखनलाई समेत समेटिएको फिल्म अभिनेत्री मिरुना मगर, नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको वरिपरि घुमेको छ । रमेश थापा निर्देशित फिल्ममा उनले एउटा गाउँको कथा भन्ने प्रयास गरेका छन् ।

फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको सम्पादन रहेको फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

कमेन्ट गर्नुहोस्