दर्शक र समिक्षकले नरुचाएको ‘कलंक’

फिल्म । गत बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘कलंक’ पछिल्लो समय चर्चामा छ । कारण फिल्मलाई बलिउडका चतुर निर्देशक तथा निर्माता करण जोहरले निर्माण गरेका हुन् । यसैले गर्दा पनि फिल्मलाई लिएर निकै आश्वादी थिए दर्शक । त्यहि अनुरुप पहिलो दिन दर्शक भिडभाड हलमा पनि देखियो । तर फिल्म राम्रो नबनेको कारण यसले दर्शकको साथ् पाउँन सकेन ।

अर्थात् पहिलो दिन यस वर्षकै उच्च ब्यापार गरेको फिल्मले दोस्रो दिन भने दर्शकको साथ् पाएन । वर्ड अफ माउथ नकारात्मक भएपछि त्यसको असर बक्स अफिसमा देखिएको कारण यसको व्यापारको उछाल पनि निकै तल झरेको छ । डे फस्ट बुधबार २१.६० करोडको ब्यापार गरेको फिल्मले दोश्रो दिन अर्थात बिहिबार चलचित्रले ११.४५ करोडको कमाई गरेको छ । पहिलो दिनको तुलानामा दोश्रो दिनको कमाई ४६.९९ प्रतिशतले कम हो । नन होलिडेमा यसको ब्यापार कम हुनु स्वाभाविक हो तर यो निकै नै कम हो ।

दर्शक र समिक्षकले ‘निराशाजनक’ भनेपछि त्यसको प्रभाव ब्यापारमा देखिएको हो । फिल्ममा संजय दत्त , माधुरी दीक्षित , वरुण धवन , आलिया भट्ट , सोनाक्षी सिन्हा, सिद्धार्थ रोय कपूर लगायतका कलाकार रहेका छन् भने यसमा अभिषेक वर्मनको लेखन तथा निर्देशनमा रहेको छ । शुक्रबारबाट नेपालमा रिलिज भएको फिल्मले यहाँ पनि राम्रो ब्यापार गर्न सकेको छैन् । सुरुवाती समयमा बुकिङ राम्रो देखिएता पनि आइरहेको समिक्षाको कारण दर्शक हलसम्म पुगेका छैनन् । (एजेन्सी सहयोगमा)

Facebook Comments