
फिल्म । लेखक प्रदीप भारद्वाज र निर्देशक सिमोश सुनुवारले तेस्रो पटक सहकार्यमा तयार हुने फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेताको रुपमा सौगात मल्ल अनुबन्धित भएका छन् । केहि दिन आगाडि फिल्मको औपचारिक रुपमा दर्ता भएसँगै निर्माण पक्षले खबर सार्वजनिक गरेको थियो ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म आगामी भदौदेखि फिल्मको छायांकन गर्ने तयारी निर्माण पक्षको छ । यस फिल्मलाई सोसल कमेडी विधा अन्तर्गत तयार गरिने बताईएको छ । यसअगाडी लेखक भारद्वाज र निर्देशक् सुनुवारले ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’ मा सहकार्य गरेका थिए ।

कमेन्ट गर्नुहोस्