फिल्म । छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त फिल्ममा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले मुख्य भूमिका निभाएका छन्, भने तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।
सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको निर्देशक ज्ञवालीले बताए । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? भन्ने प्रश्न समेत निर्देशक ज्ञवालीले उठाएको बताए ।’आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ’ निर्देशक ज्ञवालीले भने ।
डार्क मुनको कथा सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो फिल्मलाइ नवराज उप्रेतीले छायाँकन गरेका हुन् , भने सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।










