अनिलको रेस्टुरामा कलाकर्मी (फोटो फिचर)

संगीत । गायक अनिल सिंह परिचित नाम हुन् । उनका गीत नसुन्ने संगीत प्रेमी सायदै होलान । यिनै अनिल पछिल्लो समय भने गायनसँगै ब्यबसायमा पनि आबद्ध छन् । मध्य बानेश्वरको रत्न राज्य स्कुलको अपोजिटमा रहेको सेन्ट्रल क्याफे उनले सहकर्मीहरुसँगको सहकार्यमा सँचालनमा ल्याएका छन् । यसैको तिन वर्ष पुरा भएको खुसियाली उनले फिल्मकर्मी तथा संगीतकर्मीसँग साटेका छन् । क्याफेले दोस्रो वर्ष पुरा गरेको उपलक्ष्यमा उनले उपस्थित समक्ष लाइभ प्रस्तुति दिएका थिए ।

उक्त समारोहमा गायिका तथा माननीय सांसद कोमल ओली , निर्देशक मिलन चाम्स , कलाकार जितु नेपाल , सञ्चारकर्मी नरेश भट्टराई र विवेक सिंह ठकुरी, गीतकार होम न्यौपाने , समाजसेवी रमेश तिवारी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । उपस्थितले केक काट्दै तेस्रो वर्षमा प्रवेश गरेको खुसियाली साटेका थिए । कोमलले अनिलको प्रसंसा गर्दै व्यवसायी भएकोमा खुसि व्यक्त गरिन् । ‘हामी दिदि भाइ हौ र मलाइ उसको प्रगतिमा खुसि लाग्छ’ कोमलले भनिन् ‘अनिल राम्रो गायक हो र मान्छे पनि ।’ यसैगरी उपस्थित मिलन र जितुले पनि अनिलको ब्यबसायलाई शुभकामना दिए ।

कमेन्ट गर्नुहोस्