नितेश , स्वप्न , सुमन र लाउरे एउटै स्टेजमा

संगीत । पछिल्लो समय विभिन्न सांगीतिक कार्यक्रमहरु भैरहेका छन् । आयोजकहरु आफ्नो कार्यक्रममा दर्शकको संख्या बढाउँन उनका प्रियलाई स्टेजमा प्रस्तुत गर्ने गर्दछन । पछिल्लो समयका स्टार आउदो मङ्सिर २२ मा हुने टुडिखेलको एक कन्सर्टमा सँगै देखिदैछन् । ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ मा नेपाली सांगीतिक र फिल्मीक्षेत्रका चिनिएका अनुहारहरु एकै स्टेजमा प्रस्तुत हुनेछन ।

लाइभ म्युजिकल कन्सर्टमा स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् । यसलाई चर्चित कमेडियन सन्दीप क्षेत्री र मोडल शुभेक्षा खड्काले संचालन गर्नेछन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा हुने कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्