‘२ नम्बरी’ मा उपासना

फिल्म । आउँदो चैत्र १५ बाट छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्म ’२ नम्बरी’ टिमले अभिनेत्रीमा उपासना सिंह ठकुरीलाई अनुबन्धित गरेको छ । केहि समय अगाडी मात्र अभिनेतामा सौगात मल्ल थपिएका फिल्ममा अन्य कलाकारहरुमा दयाहाङ राई , कविता आले लगायत छन् । यद्दपी वर्षाको यहिँ चैत्रमा अर्को फिल्ममा समय छुट्याउनु पर्ने भएपछि वर्षा राउतको स्थानमा उपासना इन भएकी हुन् ।

२०७६ सालको फागुन अन्तिममा फिल्म ‘दुई नम्बरी’को छायांकन सुरु गरिएता पनि कोरोना भाइरसको महामारीका कारण छायांकन रोकियो । त्यसपछि छायांकनमा जान नसकेको फिल्म चैत्र १५ बाट सुरुवातबाटै छायांकनको तयारीमा छ । नयाँ टिमअप गरेको फिल्ममा वर्षाले नभ्याउने अवस्था भएमा उपासनालाई लिएर घोषित मितीमै छायांकनमा जाने निर्णय टिमले लिएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्मको छायांकन एक दुई दिन ढिला हुन् सक्ने तर त्यो भन्दा बढी नसर्ने बताएका छन् । ‘२ नम्बरी’मा सौगातसँगै दयाहाङ राई, उगेन छोदेन लगायतको मुख्य भूमिका रहनेछ । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

कमेन्ट गर्नुहोस्