फिल्म । झरना थापा पुनः नयाँ अभिनेताको खोजीमा जुटेकी छिन् । उनले निर्देशनमा डेब्यु गर्ने समयमा हिरोको अभाव भयो । उनले अनमोल केसी , प्रदीप खड्कालाई ‘ए मेरो हजुर २’ मा अभिनय गर्न प्रस्ताव गरेकी थिइन् । यद्दपि दुवै चकलेटी हिरोले फिल्मको टाइटल , टिम , झरनाको निर्देशन र सिक्वेलको कारण देखाउदै फिल्म छोडे । अन्तत: उनले नयाँ अनुहार सलिन मान बनियालाई डेब्यु गराइन ।
यो सिरिजलाई केहि समय ब्रेक दिदै ‘भगवत् गीता’को नित्र्मन जुटेकी झरनाले एक्ट्रेसमा सुहाना थापालाई फाइनल गरेर टिजर सार्वजनिक गरिसकेकी छिन् । झरनाकै छोरी सुहाना पछिल्लो समय डिमाण्ड भएकी एक्ट्रेस हुन् । यद्दपि उनको को-स्टारको अझैँ टुङ्गो लागेको छैन । धिरज मगर उनको को-स्टार रहने भनिएता पनि पारिश्रमिक विवादले गर्दा अभिनेतामा नयाँ अनुहार रहने लगभग तय छ ।
निर्माता सुनिल कुमार थापा सहित झरनाले धिरजलाई साइन गर्ने तयारी गरेकी थिइन् ।तर, धिरजले फिल्मका लागि महंगो रकम मागगरेपछि निर्माण टिम धिरज लिने मनस्थितिबाट पछि हटेको छ । झरना नयाँ अनुहारलाई लिएर पब्लिसिटी गर्ने तयारीमा जुटेकी छिन् । ‘ए मेरो हजुर २’बाट फिल्म निर्देशनको सुरुवात गरेकी झरना थापाले यही नामका तीन सिरिज निर्देशन गरिसकेकी छिन् ।










