आर.सी. र मेलिनाको ‘लालपुर्जा’ (भिडियो)

संगीत । आर.सी.सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘लालपुर्जा’ बोलको गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । प्रवासमा रहेरै पनि आर.सी.सापकोटाले थुप्रै गीतमा आफ्नो आवाज दिई सकेका छन् । नेपाली गीत संगीतलाइ संधै माया गर्ने सापकोटाको पछिल्लो गीत ‘लालपुर्जा’मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।

टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशबले सम्पादन गरेका हुन् । सुनिल न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्