रहेनन् अजयका पिता विरू

फिल्म । बलिउड अभिनेता अजय देवगनका पिता विरू देवगनको निधन भएको छ । पन्जाबको अमृतसहरमा जन्मिएका विरूको निधन मुम्बईमा भएको हो । केहि समय यता विरामी रहेका विरूको निधनमा बि-टाउनले नै दुखेसो व्यक्त गरिरहेको छ । विरू बलिउडका प्रसिद्ध स्ट्न्ड म्यान हुन् । उनले सन् १९६७ मा स्ट्न्ड म्यानको रुपमा ‘अनीता’ फिल्म मार्फत करियर सुरु गरेका थिए । एक्सन डिरेक्टर समेत रहेका वीरुले जिगर फिल्म लेखेका छन् भने हिन्दुस्तान कि कसम निर्देशन पनि गरेला छन् । केहि फिल्ममा निर्माता , केहिमा सह निर्देशक भएर पनि काम गरेका थिए । विरूले क्रान्ति , सिङ्घासन र सौरभ फिल्ममा अभिनय समेत गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्