‘हेरिटेज अफ फेसन नेपाल सिजन २’पोखरादेखि अष्ट्रेलियासम्म

फेशन । ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना जेठ २२ गते पोखरामा हुने भएको छ । पोखरासंगै दुवई, युरोपका केहि देशहरु र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शो सभ्य र भव्य बनाउने सञ्चालक सन्तोष अधिकारीले बताए । ‘हेरिटेज अफ फेसन नेपाल सिजनको २’को हाल तयारी आयोजक सन्तोष अधिकारीले बताए ।

पछिल्लो समय नेपालमा दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागीतामा उत्कृष्ट कार्यक्रम गरिने बताए । फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको सहभागीता रहनेछ । नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लगिएको समेत अधिकारीले प्रस्ट्याए ।

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को लागि केही दिन पहिले काठमाडौंमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, संन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देव कुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी, मेघा मोडल सिजन ४ विजेता पुजा बराल लगायतका थुप्रै मोडलको सहभागीता रहेको थियो ।

‘मिट एण्ड ग्रीट’ कार्यक्रममा उपस्थीत अतिथिले कोरोना जोखिम बढ्दै गर्दा पनि रिक्स लिएर नेपाली सिनेमा क्षेत्र र फेसन दुनियाँलाई चलायमान बनाउन चुनौती मोल्न तयार रहेको भन्दै आयोजक संस्था असाप इन्टरटेनमेन्ट र सञ्चालक सन्तोष अधिकारीलाई धन्यवाद ज्ञापन गरे । सञ्चालक अधिकारी सह-निर्माता रहेका सिनेमा ‘आमा, घर’ रिलिज भैसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

कमेन्ट गर्नुहोस्