फिल्म । गुरु पूर्णिमाको पावन अवसरमा नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ । पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो फिल्म नवीन पन्तको निर्देशनमा तयार हुनेछ ।
निर्देशक पन्तले फिल्मको कथा पनि आफैं लेखेका छन् । नेपाली परिवेशमा आधारित यो फिल्म नेपाल र विदेशमा छायांकन गर्ने तयारी छ । हाल स्क्रिप्ट लेखनको काम भइरहेको र चाँडै कलाकार तथा प्राविधिक छनोट हुने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा शंकर अधिकारी ‘घायल’ र नारायण बस्नेतका गीत रहनेछन् । तिहारपछि छायांकन सुरु हुने यो फिल्म २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
कमेन्ट गर्नुहोस्










