फिल्म । पछिल्लो समयकी लोकप्रिय अभिनेत्री मध्यकी एक पुजा शर्माले रिवन काटेरस्क्वाड नेपाल प्रा. लि.ले चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी ब्राण्ड केटिएम सिटि तथा विदेशी ब्राण्ड अन्टाको उद्घाटन गरेकी छिन् । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गरिएको उद्घाटन पश्चात विदेशी ब्राण्डको सट्टा स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न अभिनेत्री शर्माले जोड दिईन् ।
‘स्वदेशी ब्राण्डलाई हाम्रै पुस्ताले अगाडी ल्याउनु पर्छ’ उनले भनिन् । कार्यक्रममा गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । काफ्लेकी श्रीमती, गायिका तथा उक्त कार्यक्रमको प्रस्तोता जुनु रिजालेलेपनि सांगीतिक माहौल जमाउन भरपुर साथ दिएकी थिईन । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन । कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम बर्गिय देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए ।










