फिल्म । पछिल्लो समय बलिउडमा रनबीर कपूर र आलिया भट्ट प्रेममा रहेको चर्चा चलिरहेको छ । जसलाई यी दुईले सोसल मिडिया मार्फत ग्रीन सिग्नल दिईरहेका छन् । अर्थात् यी दुईले एकसाथ बिताएको समय र फेस्टिभलमा एक अर्कासँग हुनुलाई पनि यी दुईको प्रेम गाढा रहेको सहजै अनुमान लगाउन सकिन्छ । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिदैछन् । फिल्मको प्राविधिक काम पुरा नभएकै कारण फिल्म गत वर्ष रिलिज हुन् सकेन । तर , सन् २००२० मा यसलाई रिलिज गर्ने निर्माण पक्षले बताई सकेको छ ।
साथै , यो प्रेम जोडीले विवाह गर्ने खबरले पनि उत्तिकै चर्चा पाइरहेको छ । आलिया पनि रनबीरको परिवारसँग नजिक भएकी छिन । रनबीरका पिता अभिनेता ऋषि कपूर अमेरिकामा उपचार गराउँदा नै भेट्न पुग्ने गरेकी आलियालाई कपूर परिवारबाट पनि ‘ग्रीन सिग्नल’ प्राप्त भईसकेको छ । यो जोडीले बारम्बार विहे गर्ने भानिएया पनि रनबीरले पिताको स्वास्थ्यको कारण पछाडी सार्दै आएका थिए ।
तर , पछिल्लो समय ऋषि स्वास्थ्य भइसकेका छन् । यसैले गर्दा यो जोडीले सन् २०२० मा विवाह गर्ने सम्भावना बढेको छ । भारतीय मिडियामा आएको खबरलाई आधारमान्ने हो भने यो जोडीले आउँदो डिसेम्बरमा विवाह गर्नेछन् । यो जोडीको विवाह मुम्बईमै हुने सम्भावना समेत रहेको छ । कोरोना भाइरसको संक्रमणको कारण यो जोडीले डेस्टिनेसन वेडीङ नगर्ने निर्णय समेत लिएको हो । विवाहको मिति नभनिए पनि डिसेम्बर २१ देखि २५ मा यो जोडीले लगनगाँठो कस्ने खबर भारतीय मिडियामा छ । (एजेन्सी)












