विजयलाई सम्मान तथा लक्ष्मणलाई पत्रकारिता पुरस्कार

फिल्म । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको देश हो जापान । नेपाली फिल्मले आफ्नो बजारलाई डायस्पोरामा विस्तार गर्दै गर्दा जापानमा पनि नेपाली फिल्मले दर्शकको साथ राम्रो पाउन थालेका छन् । यसै देशको राजधानी टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको भव्य तयारीमा सुर्य कर्पोरेशन लागेको छ । साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सुर्य कर्पोरेशनका अध्यक्ष वाशुदेव लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताउछन् । आउँदो नोभेम्बर २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए । ‘नेपाली कलाकारहरुको सहभागीतामा हुने अवार्डले यहाँका नेपाली तथा अन्य दर्शकमा पनि उतिकै उत्साह थपेको छ’ तयारीका लागि टोकियोमा रहेका लामिछानेले बताए । उनले यस अवार्डलाई नाफा भन्दा पनि कला र संस्कृतीमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको बताए ।

‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ लामिछानेले भने, ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा ।’ यस अवार्ड कार्यक्रमले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश उनको छ । फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् ।

नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । यसैगरी लोकप्रिय जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने भएको छ । कलाकारितासँगै गीतसंगीत , सामाजिक क्षेत्रमा योगदान पुर्याएका बहुआयामिक व्यक्तित्वलाई प्रदान गरिने ‘सुर्य रत्न सम्मान’ मार्फत मह जोडीलाई सम्मान गर्न लागिएको हो । यो अवार्डमा यस विधा अन्तर्गत पहिलो पटक महलाई सम्मान गर्न लागिएको हो । साथै , यो सम्मान हरेक वर्ष नहुने समेत आयोजकले प्रस्ट्याएको छ ।

यसैगरी चार दशक भन्दा लामो समय देखि यस क्षेत्रमा सक्रिय रहदै आएका फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सुर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यसैगरी तिन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सर्य कलाकारिता सम्मान’ मार्फत सम्मानित गर्ने भएको छ । उनले कलाकारितामा निरन्तर दिएको योगदान र राष्ट्रसेवामा समेत रहेको सक्रियताको कदर गर्दै सम्मान प्रदान गर्न लागिएको सुर्य कर्पोरेशनले बताएको छ । यसैगरी दुइ दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

विज्ञापन

पत्रकार सुवेदीलाई नगदराशि २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको हो । सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिईने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उदेश्यले प्रदान गर्न लागिएको बताएका छन् । यसपटक अवार्डमा सहभागी हुन् नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी , केशव भट्टराई , अनमोल केसी , श्वेता खड्का , नम्रता श्रेष्ठ , साम्राज्ञी राज्यलक्ष्मी शाह , पुजा शर्मा , सन्दीप छेत्री , कमल खत्री , बर्षा राउत , विजय लामा , बुद्धि तामाङ , दिपेन्द्र लामा , हेमन्त शर्मा , संजीव पराजुली , टिका प्रसाईं , महादेव त्रिपाठी लगायतका कलाकारहरु रहेका छन् ।

साथै , अवार्डमा एपीएफको कल्चरल ग्रुपले आफ्नो प्रस्तुति समेत देखाउने छ । अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । साथै , क्रिटिक्स अवार्डमा निर्देशक , अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ । यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ । दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् । अवार्डको नोमिनेशमा परेका टप तीनलाई भोट गर्न सुर्य इन्टरनेशनल अवार्डस् (https://suryainternationalawards.com) क्लिक गरेर नोमिनेशनमा गएर गूगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ ।

विज्ञापन

फिल्म विधा १ फिल्म प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन छक्का पञ्जा – आमा सरस्वति मुभिज ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक मिलन चाम्स – बोबी झरना थापा – ए मेरो हजुर ३ दीपा श्री निरौला – छक्का पञ्जा ३

३ अभिनेता बिपिन कार्की – प्रसाद अनमोल केसी – क्याप्टेन प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री नम्रता श्रेष्ठ – प्रसाद साम्राज्ञी आरएल शाह – काइरा पुजा शर्मा – रामकहानी

५ सह अभिनेता केदार घिमिरे – छक्का पञ्जा ३ सलोन बस्नेत – यात्रा बुद्धि तामाङ्ग – जय भोले

६ सह अभिनेत्री बर्षा राउत – गोपी सन्ध्या केसी – पण्डित बाजेको लौरी नीरुता सिंह – नाई नभन्नु ल ५

विज्ञापन

म्युजिक

१ पप गायक कमल खत्री – तिम्रो मायाले संजिव पराजुली – कर्के नजर दीपक बज्राचार्य – मन मगन

२ पप गायिका १ टिका प्रसाई – कर्के नजर २ इन्दिरा जोशी – रेलिमाई ३ त्रिशाला गुरुङ – यो मन

३ आधुनिक गायक हेमन्त शर्मा – बरिखा युवराज चौलागाई – लट्टर पट्टर राजेश पायल राइ – दर्शन नमस्ते ४

४ आधुनिक गायिका मेलिना राइ – पिरिम नलाउने अन्जु पन्त – नरुनु है प्रविशा अधिकारी – तिमि बिना

५ लोक गायक १ कुलेन्द्र बिक – सालको पात २ खुमन अधिकारी – १४ अञ्चल ससुराल ३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

६ लोक गायिका १ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ २ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी ३ बिष्णु माझी – सालको पात

कमेन्ट गर्नुहोस्