‘बगरमा घर’ सार्वजनिक

सङ्गीत । गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारको स्वर रहेको गीत ‘बगरमा घर’को म्युजिक भिडियो रिलिज गरिएको छ । गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमले अभिनय गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ । अभिनेता भण्डारी यतिबेला अष्ट्रेलियामा छन् । उनी केही समयअघि नेपाल आएको बेला यो म्युजिक भिडियोको छायांकन गरिएको थियो । सार्वजनिक गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ ।

काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, दिपक बिष्टको कलर तथा सम्पादन, बिमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ ।

कमेन्ट गर्नुहोस्